birat ribon

सिलिगुढी-झापा पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन गर्न नेपालको प्रस्ताव

Neuro
सिलिगुढी-झापा पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन गर्न नेपालको प्रस्ताव

काठमाडौं, १ माघ । मोतिहारी– अमखेलगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालन भएकाे पाँच महिनापछि सरकारले सिलिगुढीबाट झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको छ ।

पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुप(सहसचिवस्तरीय संयन्त्र) को पहिलो बैठकमा नेपालले यस्तो प्रस्ताव गरेको हो ।

cura insider

सो बैठकमा सिलिगुढी– झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

jackson ribon