birat ribon

डाक्टर बनाउन गाउँपालिकाले लगानी गर्ने

Neuro
डाक्टर बनाउन गाउँपालिकाले लगानी गर्ने

जुम्ला,१ माघ । उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम अन्तरगत जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सा शिक्षााका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ। गाउँपालिकाले चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान भएको हो ।

जुम्लामा आठवटा स्थानीय तह छन् । ती मध्ये पातारासीले विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो।

cura insider

गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने बताए । चालू आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ। उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम सुरू गरेको जनाएको छ।

सात वडामा विभाजित पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा छ। गाउँपालिकामा तीन हजार १७४ घर र १७ हजार १३५ जनसङ्ख्या छ। रासस

jackson ribon