birat ribon

दुई दिन पहाडमा हिमपात, तराईमा वर्षाको सम्भावना

Neuro
दुई दिन पहाडमा  हिमपात, तराईमा वर्षाको सम्भावना

काठमाडौं, १ माघ । बुधबार रातिबाट वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि सुधारिएको मौसम पश्चिमा बायुका कारण वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।

महाशाखा अनुसार शुक्रबारसम्म देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ ।

cura insider

बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको हो ।

बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुनसक्छ । बिहीबार हिमपात र वर्षाको सम्भावना छ ।

शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ ।

jackson ribon