birat ribon

गुलियो खाने बानीले निम्त्याउँछ रोग

Neuro
गुलियो खाने बानीले निम्त्याउँछ रोग

गुलियो खाएपछि शरीरलाई तत्काल उर्जा उत्पन्न भएको महसुस हुने गर्छ । तर, तत्काल शक्ति प्रदान गर्ने गुलियोको सेवनले केहि छिन पछि शरीरलाई सुस्त, अल्छि तथा थकान लागेको जस्तो अनुभव गराउँछ ।

cura insider

धेरै गुलियो खाँदा शरीरमा चिनीले असर देखाउछ र रगतमा चिनीको मात्रा बढी देखिन थाल्छ जसकारण दिमागले गर्नु पर्ने कामहरू सुस्त हुन जान्छ र शरीर अल्छि भएको महसुस हुन्छ ।

गुलियोको सेवनले दिमागलाई लठ्ठ बनाउने हुदा जति गुलियो कुरा खादै गयो उती नै यसको लत लाग्छ ।

गुलियोको अत्यधिक सेवनले मस्तिष्कमा खराब असर पारेर सुस्त बनाउने गर्छ । चियामा धेरैचिनी, धेरै कोल्ड ड्रीन्कस्, गुलियो खानेकुरा खाने मानिसले खाएको केहि समय पछि शरीरमा सुस्तता अनुभव गर्छ ।

गुलियोले मस्तिस्कको बिकाशलाई अवरुद्ध गरि स्मरण शक्ति घटाउने, सानो सानो कुराहरू छिट्टै बिर्सिने समस्या, मधुमेहको समस्या, मोटोपनाको समस्या निम्त्याउने गर्छ । गुलियोले छालामा समेत गम्भिर असर गर्छ ।

बढी गुलियो खाँदा छाला सुख्खा हुनुका साथै आँखालाई धमिलो, रुघाखोकिको संक्रमण तथा प्रतिरोधात्मक शक्तिलाई दबाएर दीर्घकालिन रोगको सम्भावना बढाउने गर्छ ।

धेरै गुलियो खानेकुरा खाँदा बढी आक्रमक र छिट्टै रिसाउने, मुड निराश, चिन्तित र डिप्रेस्ड समेत बनाउँछ । तर, फलफूलमा भएको प्राकृतिक चिनीले भने शरीरमा हानी गर्दैन ।

jackson ribon