birat ribon

आज माघे संक्रान्ति

Neuro
आज माघे संक्रान्ति


विराटनगर, १ माघ । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्ति पर्व विभिन्न स्थान अनुसार फरक फरक शैलीमा मनाइन्छ । संक्रान्तिको अवसरमा देशका विभिन्न स्थानहरूमा मेला लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भन्ने प्रचलन छ ।

cura insider

तराईवासीले माघ १ लाई नुहाउने पर्वका रुपमा मनाउँछन् । नुवाकोटको तारुकामा गोरू जुधाएर मनाउने चलन छ ।

थारु समुदायमा भने माघ १ लाई नयाँ वर्षको रुपमा मनाइन्छ । आज नदीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने चलन छ । यी खानाले दोष नाश हुने धार्मिक विश्वास छ ।

पर्व मनाउनका लागि प्रदेश १ र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशले सार्बजिनक विदा दिएका छन् ।

jackson ribon