birat ribon

५२ वर्षमा पनि मैदानमा जापानी ‘ किङ काजु’

Neuro
५२ वर्षमा पनि मैदानमा जापानी ‘ किङ काजु’


एजेन्सी, १ माघ । जापानी फुटबलका महान हस्ती मानिने काजुयोसी मिउरा ५ २ वर्षका भए । सामान्यतया खेलाडीहरुले छिटो समयमा अवकास लिन्छन् । तर मिराउले फुटबल खेल्ने समय अझै रहेको बताउँदै क्लबसँगको सम्भौता थपेका छन् । उनले जे लिग खेल्ने योकोहामा एफसीसँग अर्को एक वर्षका लागि सम्झौता गरेका छन् ।

उनी ३५ वर्षयता निरन्तर फुटबल खेलरिहेका छन् । ६० वर्षसम्म फुटबल खेल्ने योजना रहेको उनले बताएका छन् ।

cura insider

सन् २००७ पछि उनी पहिलो पटक शीर्ष डिभिजनमा खेल्न लागेका हुन् । सन् १९९० काे दशक जापानको राष्ट्रिय फुटबल टोलीबाट खेलेका मिउराले ८९ खेलमा ५५ गोल गरेका थिए ।

jackson ribon