birat ribon

अष्ट्रेलियासँग भारत १० विकेटले पराजित

Neuro
अष्ट्रेलियासँग भारत १० विकेटले पराजित

विराटनगर, १ माघ । भारतले अष्ट्रेलियासँगको पहिलो एकदिवसिय खेलमा लजास्पद हार भोगेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा भारतले लजास्पद हार भागेको हो ।

cura insider

अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो । जीतसँगै अष्ट्रेलियाले तीन ओडीआई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

भारतले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ४ बलमा विना विकेटको क्षतिमा पुरा गरेको थियो ।

अष्ट्रेलियाको जितका लागि आरोन फिन्च र डेविड वार्नरले शतक प्रहार गरे । वार्नर १ सय २८ रन जोड्दै अविजित रहे । उनले ओडीआईमा १८ औं शतक प्रहार गरेका हुन् । कप्तान समेत रहेका फिन्च १ सय १० रनमा अविजित रहे ।

मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले भारत ४९.१ ओभरमा २ सय ५५ रन बनाएको थियो ।

jackson ribon