पत्रपत्रिकामा प्रदेश : रेलबाट नेपाली बस्तु निकासी

विराटनगर, १ माघ । सिमावर्ती क्षेत्र जोगवनी नाका भएर पहिलो पटक नेपाली तयारी बस्तु भारत निकासी भएको छ । मंगलबार ८ सय मेट्रिकटन जुटका तयारी बस्तु रेल मार्फत निकासी भएको हो ।
जोगवनीमा रहेको मिरगञ्ज पुल बन्द भएपछि ६ दिनयता निकासी पैठारी ठप्प छ । पुल मर्मतका लागि आवागमन बन्द गरेको भारतले बिरपुर भाण्टाबारी नाकाबाट तेस्रो मुलुकबाट भित्रिएका सामाग्रीलाई मात्र आयात अनुमति दिएको छ ।

विराटनगरको अरिहन्त मल्टीफाइबर र रघुपति जुट मिलले उत्पादन गरेको सामाग्री रेल मार्फत पठाइएको सञ्चालक राजकुमार गोल्छाले बताएका छन् । सडक मार्गबाट सम्भव नभएपछि रेल मार्गबाट तयारी सामान निकासी गरेको उनले बताएको खबर आजको उद्घोष दैनिकमा छ ।

उद्घोष दैनिकले प्रदेश १ का स्थानीय तह र प्रदेशबीच समन्यव गर्न फोकल डेस्कलाई प्रभावकारी बनाउने तयारी गरेको समाचार प्रकाशित गरेको छ । प्रदेश समन्वय परिषदको बैठकले २० वुदे निर्णय गर्दै सम्यन्त्र बनाउने तयारी गरेको हो ।

आफूलाई बैज्ञानिक बताउने दिलिप अधिकारीले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिवबहादुर कार्कीलाई ठगि गरेका छन् । एभरेष्ट साइन्स सेन्टर सञ्चालन गरिरहेका अधिकारीले आफ्ना गुरु समेत रहेका कार्कीलाई ठगि गरेका हुन् ।

२०६१ सालमा एक महिनाका लागि भन्दै कार्कीको घर धितो राखेर अधिकारीले २७ लाख १५ हजार रुपैयाँ ऋण लगेका थिए । तर उनले ऋण तिरेनन् । ऋण नतिरेपछि बैंकले घर लिलामीमा निकाल्यो । लिलामी आफै सकारेका कार्कीले अधिकारीबाट ८७ लाख रुपैयाँ पाउन बाकी छ । तर उनले अझै नदिएको आजको ब्लाष्ट दैनिकमा खबर छ ।

Loading...