पत्रपत्रिकामा देश : सिडीओ, एसपीको सरुवामा डनको चलखेल, प्रधानमन्त्री भन्छन्–‘राम्राे कामकाे प्रशंसा गर्ने सम्पादक छैनन्’

विराटनगर,१ माघ । काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले विभिन्न विषयलाई महत्वकासाथ पहिलो पृष्ठमा समाचार छापेका छन् ।

बुधबार प्रकाशित नयाँ पत्रिका दैनिकले क्रसर र खानी उत्खननका नाममा गाउँ नै उठिबास भएको समाचार प्रकाशित गरेको छ । खानी भएका जिल्लाहरुमा क्रसर सञ्चालन गर्ने डनहरुले जिल्ला स्थीत प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले नियमन गर्न खोजे सरुवा गराउने गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका – २ रोसी खोला नजिकै डायमण्ड रोडा उद्योगले बाघ डाडाबाट गिटी उत्खानन गरिरहेको छ । दुई वर्ष अघिदेखि उत्खनन थालेपछि स्थानीय गाउँ छाडेर भाग्न बाध्य भएका छन् । बाघ भिरको पहिरोले स्थानीय शारदा थापाको घर बगाएको छ । २७ असारमा दिउँसो घटना भएका कारण उनी बाच्च सफल भइन् ।

क्रसरको विरोध गरेकै कारण धनुसाको औरहीमा खोलामा स्थानीय दिलिप महतो(ओमप्रकाश)को टिपरले किचेर हत्या भएको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत क्रसर तथा खानीहरुसँग प्रहरी प्रशासनसँग मिलेको बताउँछन् । तर प्रदेश २ का डिआइजी प्रधुन्न कार्कीले क्रसर उद्योग सञ्चालकहरुलाई राजनीतिक संरक्षण रहेकाे दाबि गरेकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले काठमाडौंका सरकारी अस्पताल रेफर सेन्टर बन्दै गएको समाचार प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिका ३ मा दुई दर्जन सरकारी समुदायीक र निजी अस्पताल सञ्चालनमा छन् । साे वडामा त्रिभुवन विश्व विद्यालयको मनमोहन कार्डियो थेरासिक भास्कुलर ट्रमा सेन्टर, सहिद गंगाला ह्दयरोग केन्द्र, क्रान्ति बाल अस्पताल छन् । तर ती अस्पताल भने रेफर सेन्टर बन्न थालेका छन् ।

नागरिक दैनिकले चर्चमा उपचारका नाममा महिला माथि यौन शोषण भएको समाचार प्रकाशित गरेको छ । ललितपुर महानगरपालिकामा विरामी एक महिलालाई उपचारको बाहानामा पाष्टर विश्वास भनिने धु्रवुबाबु जोशी पक्राउ परेका छन् । शनिबार शनिबार चर्च जाने महिलासँग नजिकका जोशीले रोग निको पार्ने भन्दै करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै नभएको गुनासो गरेको समाचार मुख्य पृष्ठमा प्रकाशित गरेको छ । नेपाल चेम्बर्स अफ कमर्सका व्यावसायीसँगको भेटमा ओलीले सरकारले राम्रा काम गरेपनि कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नभएको गुनासो गरेका हुन् ।

त्यस्तै सभामुख छान्न नेकपा भित्र परेको सकसको विषयमा सबैजसो पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् ।

Loading...