birat ribon

प्रदेश १ का कांग्रेस जनप्रतिनिधि कोइराला निवासमा

Neuro
प्रदेश १ का कांग्रेस जनप्रतिनिधि कोइराला निवासमा

रंगेली २८ पुस । एक नम्बर प्रदेशमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु सँग नेपाली काग्रेसका केन्दिय सदस्य डा. शेखर कोइरालाले छलफल गरेका छन् ।

समसामयीक राजनीतिक परिस्थिति र राष्ट्रिय सभाको निर्वाचनको सेरोफेरोमा रहेर उनले जन प्रतिनिधिहरुसँग मंगलबार कोइराला निवासमा छलफल गरेका हुन ।

cura insider

छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए ।
जनप्रतिनिधीलाई बोलाएर कोइरालाले विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको र त्यस सँग जुध्न पार्टी एकढिक्का हुनपर्ने बताए ।

कोइरालाले सरकारको गतिविधि अधिनायवाद तर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए ।

प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।

छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।

उनीहरुले कांग्रेस विजयी भएका स्थानीय तहहरुमा समेत काम गर्न कठिनाई भएको गुनासो गरेका थिए । निवासमा गरिएको छलफलमा प्रदेश १ मा विजयी भएका पहाडी तथा मधेशका विभिन्न तहका प्रमुखहरुको सहभागिता थियो ।

jackson ribon