visit-nepal

संस्कारसहितको शिक्षा – प्याब्सन अध्यक्ष पुरी

विराटनगर, २९ पुस । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन (प्याब्सन) केन्द्रीय अध्यक्ष टिकाराम पुरी शीप र संस्कारसहितको व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन गर्दै अध्यक्ष पुरीले सीप र संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्ने बताएका हुन् ।

गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले अगाडी बढेको बताउँदै उनले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरि व्यवस्थित बन्नुपर्ने बताए । ‘पढन र लेखेर मात्र हुदैन,’ उनले भने, ‘शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्दछ ।’

प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठ., प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दिर्घध्वज चापागाईलगायतले गुणस्तरीय शिक्षामा जोड दिएका थिए ।

सोही अवसरमा प्याब्सन मोरङको भवन निर्माणमा सहयोग पु¥याउने दुई दर्जन पब्लिकेशनहरुलाई सम्मान गरिएको छ ।

आफ्नै भवनमा प्याब्सन माेरङ

प्याब्सन मोरङको भवन निर्माण भएको छ । विराटनगर महानगरपालिका ३ मा १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयालागतमा दुई तले भवनको गरिएको हो ।

प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको अवसर पारेर मंगलबार भवन उदघाटन भएको हो ।

Loading...