visit-nepal

विराटनगरको मुख्य बजारमा पार्किङ निषेध, व्यापारी असन्तुष्ठ

विराटनगर, २९ पुस । विराटनगरको मुख्य बजार क्षेत्रमा पार्कीङ निषेध गरिएको छ । ट्राफिक प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाले मेनरोडको जलजला चोकदेखि हनुमान मन्दीरसम्म पार्कीङ निषेध गरेको हो ।

त्यस्तै बजार क्षेत्रमा एक तर्फी सवारी आवागमनको व्यवस्था गरिएको छ । पार्किङ र निषेध क्षेत्रबारे ७ दिन सम्म माईकिङ गरेर जानकारी गराए पश्चात मंगलबारबाट कार्यान्वयन ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्दारले जानकारी दिए ।

मुख्य बजारको हनुमान मन्दिरदेखि जलजला चोकसम्म सडकमा रहेका पार्किङलाई महानगरपालिकाको बि प्लटमा सारिएको छ । त्यस्तै भट्टीमोड चौकबाट गुद्री (सब्जि मन्डी) जाने बाटोमा ‘वान वे’ गरिएको छ ।

मुख्य बजारको ट्राफिक व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायहरुको उपस्थितिमा निर्णय गरेर कार्यान्वयनमा मोरङ ट्राफिक प्रहरी प्रमुख पौद्दारले बताए । तर विराटनगर बजार क्षेत्रका व्यावसायी भने आन्दोलित बनेका छन् ।

पार्कीङ निषेध भएपछि व्यावसायीहरुले आन्दोलन गरेका हुन् । मंगलबार केही समय पसल बन्द गरेका स्थानीय व्यावसायीले निर्णय फिर्ता लिन माग गरेका थिए ।

Loading...