Rumpum

Rumpum Advertisement

नेकपा मोरङमा जिम्मेवारी बाडफाड, स्थानीय तह इञ्चार्ज तोकिए

नेकपा मोरङमा जिम्मेवारी बाडफाड, स्थानीय तह इञ्चार्ज तोकिए

विराटनगर, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले जिम्मेवारी बाडफाड गरेको छ । जिल्लासमिति घोषणा भएको करिब तीन महिनापछि जिम्मेवारी बाडफाड गरेको हो ।

केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, गोपी अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा भएको बैठकले १६ वटा स्थानीय तहको इञ्चार्ज, १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ६ वटा प्रतिनिधीसभा निर्वाचन क्षेत्रको संयोजक र सहसंयोजकसहित सदस्यहरुको नामावली टुंगो लगाएको नेकपा मोरङका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

नेकपा माेरङ अध्यक्ष ऋषिकेश पोखरेलकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला समितिमा थप ४६ जनालाई सदस्य मनोनित गर्दै सदस्यहरुको संख्या २०७ पूर्याएको छ ।

नेकपा माेरङले प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकको जिम्मेवारी भुपाल जिमीलाई दिएको छ । क्षेत्र नम्बर २ को संयोजकमा प्रकाश पौडेल तोकिएका छन् ।

क्षेत्र नम्बर ३ को संयाेजक खेमराज भट्टराई, नम्बर ४ को संयोजक बाबुराम कार्की, क्षेत्र नम्बर ५ को संयोजकमा धर्मानन्द सञ्जेल र क्षेत्र नम्बर ६ को संयोजकमा अजम्बर राई तोकिएका छन् ।

नेकपा मोरङले स्थानीय तह विभागको प्रमुखको जिम्मेवारी रामलाल साहलाई दिएको छ । त्यस्तै बुद्धीजीवी विभाग प्रमुखको जिम्मेवारी अर्जुनराज अधिकारीले पाएका छन् । विद्यार्थी फाट प्रमुखको जिम्मेवारी ओसिम आलमले पाएका छन् ।

शिक्षा तथा मानव स्रोत विभाग प्रमुखको जिम्मेवारी चण्डीप्रसाद राईले पाएका छन् । पेशागत महासंघ प्रमुखमा नरमाया भट्टराई, युवा तथा खेलकुद विभाग प्रमुखमा पर्शुराम बस्नेत, सहकारी विभाग प्रमुखमा भेषनाथ रिजाल तोकिएका छन् ।

त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी महेश भट्टराई, स्कुल विभाग प्रमुखको जिम्मेवारी रुपेश खतिवडाले पाएका छन् ।

स्थानीय तह इञ्चार्ज तोकिए

नेकपा माेरङले १६ वटा स्थानीय तहकाे इञ्चार्ज ताेकेकाे छ । बेलबारी नगरपालिका इञ्चार्जमा इरान राई, रंगेली नगरपालिका इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगरपालिका इञ्चार्ज भुपेन्द्र लावती, पथरीशनिश्चरे नगरपालिका इञ्चार्जमा दीननाथ तिम्सिना तोकिएका छन् ।

जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका इञ्चार्जमा बलभद्र सरदार, कानेपोखरी गाउँपालिका इञ्चार्जमा राजेन्द्रप्रसाद मण्डल(अभिनाष) तोकिएका छन् ।

धनपालथान गाउँपालिका इञ्चार्जमा श्रवण पाशवान, ग्रामथान गाउँपालिका इञ्चर्जमा गुणवती धामी, मिक्लजुङ गाउँपालिका इञ्चार्जमा प्रेम मिभक, उर्लाबारी नगरपालिका इञ्चार्जमा मानबहादुर श्रेष्ठ ताेकिएका छन् ।

रतुवामाई नगरपालिका इञ्चार्जमा सुमन कालिकोटे, सुन्दरहरैचा नगरपालिका इञ्चार्जमा सुरेन्द्रबहादुर थापा, सुनबर्सी नगरपालिका इञ्चार्जमा गोपालबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

अध्यक्ष भन्छन् : एकता प्रक्रिया टुंगियाे

नेकपा माेरङ अध्यक्ष ऋषिकेस पाेखरेलले माेरङमा पार्टी एकताकाे पक्रिया टुंगिएकाे बताए । जिल्ला कमिटी घाेषणा र सबै स्थानी तह, निर्वाचन क्षेत्रकाे जिम्मेवारी बाडफाड गर्दै पार्टी एकताकाे प्रकृया जिल्लामा सकिएकाे उनले बताए ।

मोरङ जिल्ला कमिटीबाट महानगर कमिटी विराटनगरमा गएकाहरुको सन्दर्भमा पदपूर्ति गर्न र पार्टीको अन्तरिम विधान अनुरुप १० प्रतिशत थप गरी मोरङ जिल्ला कमिटीलाई पूर्णता दिएको उनले बताए ।

नेकपा माेरङ कमिटिले एक महिनाकाे कसरतपछि जिल्लाकाे एकता पक्रिया टुंगाेमा पुर्याएकाे हाे । एकतामा ६०–४० काे अाधारमा भाग बण्डा गरिएकाे छ ।

नेकपाले ६९ सदस्यीय सचिवालय कमिटि पनि गठन गरेको छ । नेकपाकाे जिल्ला सचिवालयमा ऋषिकेश पोखरेल, गणेश उप्रेती, रामलाल साह, बाबुराम कार्की, खेमराज भट्टराई, अजम्वर राई, अर्जुनराज अधिकारी, ओसीम आलम इरान राई, इश्वरी आचार्य, किरण चौधर छन् ।

त्यस्तै कुमारी राई, केदारप्रसाद गुरागाँई, कृष्ण लम्साल, चण्डीप्रसाद राई, जितनारायण सरदार, टेकबहादुर विष्ट, डिल्लीराम दाहाल, तिलकप्रसाद राई, दिलिप अग्रवाल, दीनानाथ तिम्सिना, धना तामाङ, धर्मानन्द संजेल, ध्रुव महत, नन्दराज गिरी, पर्शुराम बस्नेत, पर्शुराम सुवेदी, पारुल क्षेत्री, सुमन कालिकाेटे, प्रकाश पौडेल, प्रेम मिभक,महेश भट्टराई , रुपेश खतिवडा, लता न्यौपाने, विवेक गौतम, ज्ञानेन्द्र सुवेदीलगायत छन् ।