visit-nepal

माघ १ गते प्रदेश एकमा सार्बजनिक विदा


विराटनगर, २९ पुस । माघ १ गते प्रदेश १ सरकारले सार्बजनिक विदा दिएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा बुधबार सार्बजनिक सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाले पनि माघ १ गते सार्बजनिक बिदा दिएको सूचना जारी गरेको छ ।

विराटनगर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीद्धारा जारी गरिएको सार्बजनिक सुचनामा महानगरपालिका मातहतका कार्यालय, शैक्षिक संस्थाहरुलाई सार्बजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

Loading...