जाडोमा कोलेस्ट्रोल बढ्ने खतरा

विराटनगर, २९ पुस । जाडोको मौसममा तापक्रम कम भएको कारणले बिहान–बेलुका चिसो हुन्छ जसकारण मानिसहरू व्यायाम गर्न त के घरको सामान्य काम गर्न पनि अल्छि मानेर बस्ने गर्छन् ।

जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा अत्यधिक रहन्छ । घाम पनि कम लाग्ने तथा घाममा पनि बस्न समय नपाउने कारण शरीरले भिटामिन ’डी’ राम्रोसँग सोस्न पाउँदैन ।

भिटामिन ’डी’को कमीले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने भएको कारणले कलेजोसम्बन्धी विभिन्न रोगहरू लाग्ने खतरा धेरै हुन जान्छ । मौसमअनुसार खानपिन बेग्लै हुने भएको कारण शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ । तर, नियमित शारीरिक अभ्यास गरेमा कलेजोसम्बन्धी समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

कोलेस्ट्रोलले मोटोपन र मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना बढी गराउने हुन्छ । दैनिक शारीरिक अभ्यास वा योगा गर्ने बानी बसाएमा, बोसो नभएको तथा जंक फुड नखाने, धुम्रपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने, शरीरको तौल बढ्न नदिइ कोलेस्ट्रोलको खतराको रोकथाम गर्न सकिन्छ । कलेजो सफा गर्ने सेलेनियम र अलिसिन तत्वलाई बढाउनका लागि खानपान र व्यायाममा ध्यान दिनुपर्ने हुन्छ ।

Loading...