मासु खानेको तुलनामा शाकाहारी मानिसको आयु लामो !

विराटनगर, २९ पुस । मासुमा पाइने तत्वहरू शरीरले चाँडै पचाउन सक्दैन । मासुको तुलनामा शाकाहारी खाना चाँडै पच्छ । फलफूल तथा तरकारीमा प्रशस्त मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइबर, क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट जस्ता अति आवश्यक तत्वहरू पाइन्छ ।

माछा, मासु र अण्डाबाट प्राप्त हुने तत्त्वहरू वनस्पतीबाट पनि पाइन्छ जुन सजिलैसँग शरीरले कम समयमा पचाउन सक्छ । शाकाहारी खानामा रोगसँग लड्ने क्षमता हुन्छ जसले विभिन्न रोगहरूबाट मानिसलाई बचाउँछ । शाकाहारी खानाले मानिसलाई बुद्धिमान बनाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई पेटसम्बन्धी रोग, रगतसम्बन्धी रोग, मुटु रोग, मिर्गौलाको समस्या तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

शाकाहारी खानाले स्तन क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानले समेत देखाएको छ । अमेरिकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित भएको जर्नलमा मृत्युदर घटाउन शाकाहारी भोजनले बढी सहयोग पु¥याएको पाइएको छ ।

७० हजार मानिसमाथि गरिएको अनुसन्धानले शाकाहारी भोजनले मेटाबोलिक सिन्ड्रोम, उच्च रक्तचाप, मुटु रोग, मधुमेहलगायतका विभिन्न दीर्घरोगको सम्भावना कम गराएर आयु लम्ब्याउने काम गर्छ । मुटुमा रगत प्रवाह गर्ने धमनीसँग सम्बन्धित समस्या, कोलेस्टेरोलको समस्या, मोटोपनाको समस्या, पिसाबद्वारा प्रोटिन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासँग सम्बन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

Loading...