समयअगावै बुढो देखिने कारणहरू

विराटनगर, २९ पुस । हामीले खाने खाना र प्रयोग गर्ने विभिन्न सामानले नै शरीर तथा छालालाई उमेरअगावै दिनप्रतिदिन बुढो बनाइरहेको छ । जानेर वा नजानी प्रयोग गरेका विभिन्न सामानहरू तथा सानातिना लापरवाहीका कारण उमेर नपुग्दै बुढो देखिन थालेका छौँ ।

निद्राको कमीले आँखामा, छाला तथा शरीरमा मात्र नभएर मानिसको आयूमा पनि असर गर्छ । समयमा सुतेर दिनको ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । निद्राको कमीले दिमागलाई सुस्त बनाएर तौल बढाउन थाल्छ । धेरै सुत्नु पनि फाइदाजनक मानिँदैन त्यसैले ठिक्क समयमा निन्द्रा पूरा हुनेगरी सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

अत्यधिक गुलियोको सेवनले पनि मानिसको उमेर तथा छालामा नराम्रो असर पार्ने देखिएको छ । धेरै गुलियोले छाला निकै फुस्रो, सुख्खा बनाउनुका साथै छाला चमकविहीन देखिन थाल्छ । अत्यधिक गुलियो तथा शरीरमा भिटामिनको कमीले आँखाको मुनी कालो घेरा देखा पर्न थाल्छ ।

धेरै समय एकै ठाउँमा बस्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले मुटु रोग, क्यान्सर तथा मोटोपनको खतरा बढाएर हड्डीर मांसपेशीसम्बन्धी समस्या पनि निम्त्याउँछ । दैनिक नियमित रूपमा व्यायाम तथा योग गरेमा शरीरमा उर्जा उत्पन्न गराएर आयु बढाउँछ ।

एकसाथ दुई वा दुईभन्दा बढी काम गर्नु र दैनिक घटौंसम्म काम गर्नु भनेको मानव स्वास्थ्य र शरीरलाई लागि नोक्सान पु¥याउनु हो । धेरै काम गर्दा मानिसमा तनाव सिर्जना गराउँछ जसले छिट्टै बुढो बनाउने गर्छ । धूम्रपानले शरीरमा भिटामिन ‘सी’को स्तर घटाएर छालालाई छिट्टै चाउरी पार्न थाल्छ । साथै यसमा पाइने निकोटिनले छालाको चमक खोस्ने हुँदा छिट्टै बुढो देखिन थालिन्छ ।

त्यस्तै, दैनिक राम्रो देखिनका लागि गरिने अधिकांश महिलाहरू मेकअप गरेर बुढोपनलाई छोप्ने गरिरहेका छन् । मेकअपका समानमा हुने बढी केमिकल, अल्कोहल र सुगन्ध भएको प्रोडक्टले छालालाई गर्ने नकारात्मक असर केही वर्षभित्र नै देखिन थाल्छ । यस्ता सामानहरूले छालामा चाहिने तेल घटाएर सुक्खा बनाउनुका साथै उमेरअगावै चाउरी पार्न थाल्छ । दैनिक मेकअप गर्ने बानी भएमा सुत्नुअघि राम्रोसँग मुख धुन अनिवार्य हुन्छ ।

Loading...