visit-nepal

रियल भर्सेस एथ्लेटिको : ‘भाल्भेर्डे म्यान अफ दि म्याच’

एजेन्सी, २९ पुस । एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले रियल मड्रिडका खेलाडी फेडेरिको भाल्भेर्डेलाई म्यान अफ द म्याच घोषणा गरिनुपर्ने बताएका छन् । स्पेनिस सुपर कपको फाइनलमा रियलसँग पराजित भएपछि पत्रकारसँग बोल्दै सिमोन यस्तो बताएका हुन् ।

एथ्लेटिकोका अल्भारो मोरोटामाथि ट्याकल गर्दै भाल्भेर्डेले रियललाई सम्भावित हारबाट बचाएका थिए । पछिल्लो समय उनी यसै ट्याकलका कारण चर्चामा छन् । यस्तैमा सिमानेले भाल्भेर्डेलाई खेलको उत्कृष्ट खेलाडी घोषित् गर्नुपर्ने बताए ।

sdaf

‘मेरो विचारमा भाल्भेर्डेलाई म्यान अफ द म्याच दिँदा बेस हुन्थ्यो’, उनले भने, किनकी उनको फलका कारण नै रियलले सुपर कोपाको उपाधि जितेको हो । भाल्भेर्डेले खेलको महत्त्वपूर्ण समयमा ट्याकल गरे । मैले उनलाई पनि भनेको पनि थिएँ कि तिमीले खेल नै परिवर्तन गरिदियौ ।’

यस्तै सिमोनले भाल्भेर्डेकै फलका कारण आफ्नो टोलीले हार ब्यहोर्नुपरेको सुनाए । ‘रियल र एथ्लेटिको दुवैले उस्तै मौका पाएका थिए तर भाल्भेर्डेको एउटा क्रियाकलापले हामीले खेलमा निराश हुनुपरेको हो,’ उनले भने ।

Loading...