visit-nepal

ओस्कारमा सर्वाधिक ११ विधामा मनोनित ‘जोकर’

विराटनगर, २९ पुस । सन् २०१९को ओस्कार मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा ‘जोकर’ सिनेमा सर्वाधिक ११ विधामा मनोनित भएको हो । पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि ‘जोकर’ ११ विधामा नै मनोनयनमा परेको हो ।

एक मिलियन डलर कमाउन सफल भएको फिल्म ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनित भएको छ । उत्कृष्ट सिनेमाको सूचिमा ‘जोकर’सँगै ‘द आइरिसम्यान’, ‘१९१७’, ‘प्यारासाइट’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ प्रतिष्पर्धामा छन् । ‘द आइरिसम्यान’, ‘१९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ समान १०–१० ओटा विधामा मनोनित भएका हुन् ।

उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर, वान्स अपन अ टाइम’बाट लियोनार्दो डि क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो बेन्डरस र ’द टुपोप्स’बाट जोनाथन प्राइस भएका छन् भने सहअभिनेताको मनोनयनमा अभिनेता ब्राट पिट ‘वान्स अपन अ टाइम’ इन हलिउडबाट परेका छन् । त्यस्तै, अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर मनोनित छन् ।

Loading...