birat ribon

दुःखका कारण मानिसहरू धूम्रपान गर्छन्

Neuro
दुःखका कारण मानिसहरू धूम्रपान गर्छन्

विराटनगर, २९ पुस । दुखित मानिसहरूमा धूम्रपान गर्ने बानी हुने गरेको पाइएको छ । उदासी र नकारात्मक भावनाले मानिसलाई रक्सी तथा चुरोटको सेवन गर्न अभिप्रेरित गर्ने हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

sdg

उदास र दुःखी मानिसहरूमा आधारित भएर धूम्रपान र दुःखी मानिसहरूबीचको सम्बन्धमा गरेको अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । अनुसन्धानमा संलग्न रहेका प्रमुख चाल्र्स ए. डोरिसनले विभिन्न प्रकारका नकारात्मक भावना, रिस, घृणा, तनाव, उदासी, डर र लाजका कारण मानिसमा धूम्रपानको बानी लाग्ने र विस्तारै यसले ‘चेन स्मोकर’ बनाउने गरेको बताए ।

cura insider

डोरिसनले प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सलाई दिएको एक अन्तरवार्ताका अनुसार उदास व्यक्तिहरूमा चुरोटमा भएको निकोटिनले लतको विकास गराउँछ । चार प्रकारले गरिएको अध्ययनमा सहभागी भएका व्यक्तिहरूमा धूम्रपानको लत लाग्नुको कारण दुःख भएको पाइएको थियो ।

उदास हुनु नै जीवनमा घट्ने नकारात्मक घटना र धूम्रपान गर्ने कारण भएको पाइयो भने अनलाइनमा गरिएको अनुसन्धानले जीवनको दुःख नै धुम्रपानको कारण भएको पाइयो । उदासी नै धुम्रपान गर्नुको प्रमुख कारण भएको र दुःखी हुँदा धुम्रपान गर्न अभिप्रेरित हुने अनुसन्धानले निष्कर्ष निकालेको हो ।

jackson ribon