visit-nepal

पहिलो पटक भारत भ्रमण गर्दै डोनाल्ड ट्रम्प

एजेन्सी, २९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक भारत भ्रमण गर्ने भएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार फेब्रुअरीमा ट्रम्पले भारतको पहिलो भ्रमण गर्नेछन् ।

एक भारतीय उच्च अधिकारीको भनाईलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था ब्लुमबर्गले ट्रम्पको भारत भ्रमण योजनाबारे समाचार प्रकाशन गरेको छ । ब्लुमबर्गका अनुसार दुवै देशले यतिबेला ट्रम्पको भ्रमण तालिकाको विषयमा छलफल गरिरहेको छ ।

भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन् । भारतीय पत्रिका हिन्दुका अनुसार ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।

महाभियोग ट्रायलमा रहेका ट्रम्पको यस भ्रमणबारे ह्वाइटहाउसले अर्को हप्ता घोषणा गर्ने बताइएको छ । ट्रम्प भारतमा आएमा यो उनको पहिलो भ्रमण हुनेछ । गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए।

Loading...