birat ribon

उखुको रस : मधुमेह र उच्च रक्तचापमा हानिकारक

Neuro
उखुको रस : मधुमेह र उच्च रक्तचापमा हानिकारक

विराटनगर, २९ पुस । औषधीय गुण भएपनि हरेक मानिसले उखुको रस खान उचित हुँदैन । शरीरलाई चिसो बनाउने भएकाले जाडोको समयमा उखुको रस पिउनु उचित नहुन सक्छ । केही मानिसलाई उखुको रस खाँदा स्वास्थ्यमा झन् ठुलो समस्या देखा पर्न सक्ने हुँदा सतर्कता अपनाउन आवश्यक हुन्छ ।

उखुको रसमा प्रशस्त ग्लुकोज, फ्रुकटोज जस्ता चिनीको मात्रा धेरै हुने भएकाले मधुमेह तथा उक्त रक्तचाप भएका मानिसले उखुको रसको सेवन गर्नु हुँदैन । यी रोग लागेको बेलामा उखुको रस खानु भनेको बिष खानुसरह हुन सक्छ । उखुको रसमा बढी मात्रामा क्यालोरी र सुगर पाइने हुनाले तौल बढेको वा मोटोपनको समस्या भएका व्यक्तिहरूले पनि सेवन गर्नु हुँदैन ।

cura insider

शरीरमा चिसो बढाउने हुँदा रुघाखोकी लागेको वा कफको समस्या भएको व्यक्तिहरूले उखुको रस सेवन गर्नु एकदम हानीकारक हुन्छ । यस्तो अवस्थामा उखुको रस पिउँनाले शरीरमा कफको समस्या उत्पन्न भइ स्वास प्रश्वासमा गाह्रो भइ मुटु रोगसम्बन्धी समस्या झनै बढेर जान्छ ।

दाँतमा किरा लगेर भएको दुखाइको समस्या, श्वासप्रस्वासको समस्या भएका मानिसहरूले पनि उखुको रस सेवन गर्नु हुँदैन । ग्यास्ट्रिक, अपच, कब्जियत तथा पेटसँग सम्बन्धित कुनै पनि समस्या भइरहेको छ भने त्यस्तो अवस्थामा पनि उखुको रस पिउँदा झाडा पखाला लाग्ने सम्भावना हुन सक्छ ।

jackson ribon