birat ribon

रियलका अध्यक्ष पेरेजको व्यंग्य : ‘पोग्बा को हो म चिन्दिँन’

Neuro
रियलका अध्यक्ष पेरेजको व्यंग्य : ‘पोग्बा को हो म चिन्दिँन’

एजेन्सी, २९ पुस । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजेले म्यानचेस्ष्टर युनाइटेडका स्टार पल पोग्बाको विषयमा व्यंग्य गरेका छन् । पछिल्लो समय रियलसँग जोडिएका पोग्बाको विषयमा बोल्दै पेरेजले आफूले पोग्बालाई नचिन्ने बताए ।

cura insider

सुपरकोपा डी इस्पनाको फाइनल जितेपछि पत्रकारसँग कुरा गर्दै पेरेजले फ्रान्सेली स्टार पोग्बालाई नचिन्ने बताएका हुन् । उनले रियादिया नामक टिभीसँगको अन्तर्वार्ताको क्रममा व्यंग्य गर्दै भने, ‘मलाई थाहा छैन, को हुन् पोग्बा ?’

फ्रान्सलाई रसिया विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निभाएका पोग्बा अहिले रियल सरुवा हुने विषयमा चर्चामा छन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले उनलाई ‘टार्गेट’मा राखेको बताइँदै आएको छ ।

jackson ribon