visit-nepal

भाल्भेर्डेले मागे मोरोटासँग माफी, भने– ‘म फल गर्न बाँध्य थिएँ’

एजेन्सी, २९ पुस । रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेले एथ्लेटिको मड्रिडका अल्भारो मोरोटासँग माफी मागरेका छन् । एथ्लेटिको मड्रिडविरुद्धको खेलमा ‘निर्णायक फल’ गरेका २१ वर्षीय भाल्भेर्डेले पत्रकार सम्मेलनमा आफूले गरेको फलका लागि माफी मागेका हुन् ।

खेलको १ सय १५औं मिनेटमा रियलका स्टार भाल्भेर्डेले रातो कार्ड पाएका थिए । मोरोटामाथि ट्याकल गरेका उनले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित बन्न पुगेको थियो । मोरोटाले बल अगाडि बढाउँदै गरेको अवस्थामा उनले ट्याकल गर्दै रियललाई सम्भावित हारबाट बचाएका थिए ।

sdfsdfag

सोही ट्याकलका कारण उरुग्वेका भाल्भेर्डेमाथि प्रतिबन्ध हुन सक्ने पनि जनाइएको छ । सुपर कपमा फल गरेता पनि उनीमाथि घरेलु लिग ला लिगाको एक खेलमा प्रतिबन्ध हुन सक्नेछ । यद्यपि, यस विषयमा आधिकारिक कुनै पनि जानकारी बाहिर आएको छैन । यदि, उनीमाथि प्रतिबन्ध लागेमा उनले आइतबार हुने सेभिल्लाविरुद्धको खेल गुमाउनेछन् ।

उनले आफ्नो फलको विषयमा बोल्दै उनले भने, ‘त्यहाँ जे भयो, एकदमै गलत भयो । तर, त्यहाँ म फल गर्न बाध्य थिएँ । म ट्रफीका लागि खुशी छु । जब पेनाल्टी भएको थियो तब म बाहिर नतिजाको प्रतीक्षा गरिरहेको थिएँ । हामीले नै जितेपछि म मैदानभित्र गएँ । उनीहरूले मलाई धन्यवाद दिएका थिए ।’

‘यसबारे मेरो प्रशिक्षक जिदान र एथ्लेटिकोका प्रशिक्षक सिमोनले खासै चित्त दुखाएका थिएनन्,’ उनले भने, ‘हो, मलाई मैले गरेको गल्तीमा दुःख लागेको थियो । तर, त्यहाँ त्यही आवश्यक थियो ।’

Loading...