ब्याडमिन्टनको विश्व वरीयतामा नेपालका प्रिन्स ११औंं स्थानमा उक्लिए

विराटनगर, २९ पुस । विश्व ब्याडमिन्टनको वरीयतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ११औँ स्थानमा उक्लिएका छन् । महासङ्घले मंगलबार सार्वजनिक गरेको विश्व वरीयतामा उनले २ स्थान सुधार गर्दै ११औं स्थान बनाएका हुन् ।

प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो । त्यसअघि उनी विश्व वरियताको ३२औँ स्थानमा थिए । ३२ बाट १३औं स्थानमा उक्लिएका उनले पुनः २ स्थान सुधार गरेका हुन् ।

लगातार अन्तर्राीष्ट्रय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका थिए । उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए । जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् ।

Loading...