birat ribon

डार्क सर्कल आउनुका कारण र हटाउने उपाय यस्ता छन्

Neuro
डार्क सर्कल आउनुका कारण र हटाउने उपाय यस्ता छन्

विराटनगर, २९ पुस । धेरैजसोलाई निन्द्राको कमी, तनाव, आँखालाई जोर दिएर काम गर्दा तथा थकानका कारण आँखा वरिपरि कालो घेरा अर्थात् डार्क सर्कल आउने गरेको पाइन्छ । तर, आँखामुनि हुने डार्क सर्कल शरीरमा विभिन्न हर्मोनको असन्तुलन, अव्यवस्थित खानपान, भिटामीनको कमीका कारणले हुने गरेको हुन्छ ।

छालाको सुन्दरता बढाउन, छालालाई कसिलो र स्वास्थ्य राख्न, छालामा बुढ्यौली प्रक्रिया कम गर्नका लागि विभिन्न भिटामिनहरूको आवश्यकता हुने हुँदा भिटामिनहरू किनेर पनि प्रयोग गरेको पाइन्छ । त्यस्तै, खानामा आइरन, भिटामिन ’ए’, भिटामिन ’के’, भिटामिन ’ई’, भिटामिन ’सी’को कमिका कारणले आँखामुनि कालो घेरा देख्न थाल्छ ।

cura insider

शरीरमा आइरनको कमीले गर्दाखेरि चाहिने मात्रामा अक्सिजन लिन नसक्दा रगत बनाउन सक्दैन । शरीरमा रगतको कमी तथा एनेमियाबाट पीडित व्यक्तिहरूको आँखावरिपरिको छाला मर्ने कारणले आँखामुनि कालो घेरा देखिन सुरु हुन्छ । भिटामिन ’के’ को काम नै आँखामुनि कालो घेरा हुन नदिनु हो । भिटामिन ’के’ को कमीमा आँखामुनि मात्र नभएर छालामा पनि कालो दागहरू देखा पर्न थाल्छ ।

भिटामिन ’सी’ तथा भिटामिन ’इ’ले छालालाई स्वास्थ्य राख्न मद्दत गर्ने हुँदा यसको कमीले छाला मृत देखेर सुरुमा आँखामुनि कालो धब्बा देखाउने गर्छ । भिटामिन ‘ए’ले एन्टीअक्सिडेन्टको काम गरी आँखामुनि देखिने कालो घेरालाई कम गरेर छालालाई चाउरी पर्नबाट जोगाउँछ । तर, कसैकसैमा डार्क सर्कल वंशानुगत पनि हुन सक्छ । यस्तो समस्या उमेर बढेसँगै बढ्दै जान्छ । भिटामिनहरूको प्रसस्त मात्रा पाउने खानेकुराको सेवनले आँखामुनि हुने डार्क सर्कललाई विस्तारै कम गर्दै लान्छ ।

jackson ribon