visit-nepal

बार्सिलोना बन्यो सर्वाधिक कमाइ गर्ने क्लब, युभेन्टस दसौं स्थानमा

एजेन्सी, २९ पुस । स्पेनिस क्लब बार्सिलोना सर्वाधिक धेरै कमाइ गर्ने क्लब बनेको छ । हालै सार्वजनिक एक रिपोर्टका अनुसार ला लिगाको डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना सबैभन्दा धेरै कमाइ गर्ने क्लब बनेको हो ।

डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणका अनुसार बार्सिलोना पहिलो पटक सर्वाधिक धेरै कमाउने क्लब बनेको हो । बार्सिलोनाको सन् २०१८–१९ को सिजनको कमाइ ७ सय ४१.१ मिलियन पाउण्ड रहेको उक्त रिपोर्टले जनाएको छ ।

बार्सिलोनाभन्दा एक स्थान तल ला लिगा क्लब रियल मड्रिड छ । दोस्रो स्थानमा रहेको रियलको कमाइ ६ सय ६७.५ मिलियन पाउण्ड छ । सर्वाधिक कमाउने क्लबको सूचिको तेस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छ । प्रिमियर लिग क्लब युनाइटेडको कमाइ ६ सय २७.१ मिलियन पाउण्ड छ ।

चौंथो स्थानमा जर्मन बायर्न म्यूनिख छ । उसको कमाइ ५ सय ८१.८ मिलियन पाउण्ड छ । पाँचौं स्थान भने फ्रान्स च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) रहेको छ उसको ५ सय ६०.५ मिलियन पाउण्ड छ ।

यस्तै छैटौं स्थानमा म्यानचेस्टर सिटी रहँदा सातौं स्थानमा युरोपियन च्याम्पियन लिभरपुल तथा टोटनह्याम, चेल्सी र युभेन्ट्स क्रमशः आठौं, नवौं र दसौंमा स्थानमा छ ।

Loading...