birat ribon

गायक भट्टराईको दुर्घटनामा मृत्यु

Neuro
गायक भट्टराईको दुर्घटनामा मृत्यु

काठमाडौं । ४० को दशकमा चर्चामा रहेका गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

काठमाण्डौंको दरबारमार्गमा रहेको बानथाई रेस्टुरेन्टबाट घर फर्किने क्रममा उनले चलाएको कार दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

cura insider

उनको बा १० च ३०४ नम्बरको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

गजल गायनमा उनको चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए ।

jackson ribon