birat ribon

धरानमा औद्योगिक ग्राम बन्ने

Neuro
धरानमा औद्योगिक ग्राम बन्ने

धरान २९ पुस । सुनसरीको धरान उपमहानगरपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ ।

धरान ६ पानबारी शेरा खोला नजिक करिब २५ बिघा जग्गामा औद्योगिक ग्राम बनाउन लागिएको छ ।

cura insider

संघीय सरकारको औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय तहलाई निर्दशन दिएको थियो ।

सोही मापदण्ड अनुसार धरान ६ मा औद्योगिक ग्राम बनाउन जग्गा व्यवस्थापन गरिएको उपमेयर मञ्जू भण्डारीले बताइन् ।

सो जग्गामा औद्योगिक ग्राम बनाउन आज (मंगलबार) डिपीआरको लागि संघीय सरकारले ९२ हजारको चेक हस्तान्तरण गर्ने कार्यक्रम छ ।

सो जग्गामा डिपीआर बनाउन उपमहानगरले कात्तिकमै टेण्डर आव्हान गरिसकेको छ ।

jackson ribon