birat ribon

पत्रपत्रिकामा देश : जताततै भ्रष्टाचार, भाटभटेनीले छल्यो ८० करोड राजश्व

Neuro
पत्रपत्रिकामा देश : जताततै भ्रष्टाचार, भाटभटेनीले छल्यो ८० करोड राजश्व

विराटनगर २९ पुस । सर्वाेच्च अदालतले भाटभटेनी सुपरमार्केटलगायत पाँच कम्पनीमा नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधिकरणकै फैसला सदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले एक दशकअघिको बहुचर्चित यो प्रकरणको अनुसन्धान र कर निर्धारणलाई न्याधिय रुपमा सदर गरेको हो ।

cura insider

यो फैसलाले विचाराधीन रहेका नक्कली भ्याट बिल प्रकरणमा मुछिएका झण्डै डेढ सय मुद्दालाई दिशानिर्देश गर्छ ।

भाटभटेनीले तिर्नुपर्ने राजस्व र जरिवाना मात्रै एक अर्ब बढी देखिएको छ । एआइटी, महेश बानियाँ, शंकर अक्सिजन ग्यास र अरुण इन्टरकन्टिनेन्टलका मुद्दा टुंगिएको हो ।

सोमबार भएको फैसलामा अरुण इन्टरकन्टिनेन्टलको मुद्दामा भने न्यायधिकरणको फैसला बदर भइ कर लाग्ने निर्णय गरेको छ । यो खबर कान्तिपुर दैनिकले मुख्य बनाएर छापेको छ ।


यता अन्नपूर्ण पोष्टमा नीतिगत भ्रष्टचार मौलाउँदै शिर्षकमा मुख्य खबर छापेको छ । स्थानीय तहका भ्रष्टाचार अराजक ढंगले वृद्धि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नीतिगत भ्रष्टचार सुशासन र संम्वृद्धिको बाधक रहेको देखाएको छ ।

अख्तियार प्रमुख नवीनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ०७५/ ७६ को प्रतिवेदनमा मन्त्रिपरिषद वा त्यसको समितिमा भएको नीतिगत निर्णय अनुसन्धान तहकिकात नहुने कानूनी व्यवस्थाका कारण नीतिगत भ्रष्टाचार बढेको उल्लेख छ ।

आर्थिक वर्ष २०७५ ०७६ मा १६ हजार ९ सय ९७ उजुरी अख्तियारमा रहेको छ । यसमा ७ हजार ८८ अघिल्लो आर्थिक वर्षबाट सरेका हुन् ।

यही समयमा अख्तियारले ३५१ वटा मुद्दामा ८ सय ९४ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा हालेको छ ।

जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

नयाँ पत्रिकाले जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा शिर्षकमा स्थलगत रिर्पाेटलाई मुख्य समाचार बनाएर छापेको छ ।

चेतना फैलाउँदै हिँड्ने अगुवाले नै महिनावारी हुँदा आँगनमा समेत खुट्टा राख्न नपाउने समाचारमा उल्लेख छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउन हिड्ने अगुवा नै छाउगोठमा बस्नु पर्ने बाध्यता रहेको छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिका सदस्य यशोदा बोहरा नै छाउगोठमा छिन् । गाउँपालिकाले भने छाउगोठ भत्काउने निर्णय गरेको छ ।

सोही गाउँपालिकाकी स्वास्थ्य चौकी इन्चार्ज चन्द्रकला जैशीले १० जना स्वास्थ्य स्वयंसेविका मध्ये ९ जना छाउगोठमा बस्ने बताइन् ।

jackson ribon