पत्रपत्रिकामा प्रदेश : यसै साता मन्त्रिमण्डल विस्तार हुँदै, यी हुन् सम्भावित नयाँ मन्त्री

विराटनगर २९ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्ततः मन्त्रिमण्डल विस्तारको खाकालाई टुंगो लगाएका छन् ।

उच्च श्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रीहरुको संख्या १० पुर्याउने भएका छन् । जसमा एक महिला रहनेछिन् ।

उद्घोष दैनिकमा छापिएको मुख्य खबरमा सम्भावित नयाँ मन्त्रीहरुमा इलामका रामबहादुर मगर भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री मात्रै फुल मन्त्री र अन्य चार जना राज्यमन्त्री थपिने उल्लेख छ ।

कला घले, अम्बिरबहादुर गुरुङ, झलकसिंह दर्लामी, रामकुमार राई र विजय विश्वाससहित ५ जना थपिने भएका हुन् ।

उदयपुरकी घले सामाजिक विकास राज्यमन्त्री, ओखलढुंगाका गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको छ ।

बाँकी दुई राज्यमन्त्रीको दौडमा रहेका झापाका दर्लामी र मोरङका विश्वास अगाडि रहेका छन् । यी दुई जना पूर्वमाओवादीका हुन् ।

खोटाङका रामकुमार राई समेत मन्त्रीको दौडमा रहेपछि पूर्व माओवादीलाई मन्त्रीहरु नाम टुंग्याउन समय लागेकोले मन्त्रिमण्डल विस्तारको मिति पछि सारिएको हो ।

प्रदेश १ बाट घूससहित ५७ जना रंगेहात पक्राउ

प्रदेश १ बाट घूससहित ५७ जना रंगेहात पक्राउ शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ ।

इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालयले साढे २ वर्षमा स्टिङ अपरेसन गर्दा ५७ जनालाई रंगेहात पक्राउ गरेको हो ।

प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षको पुससम्ममा नै ११ वटा स्टिङ अपरेसन गरेर १३ जना पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता ज्ञानेन्द्र ढकालले पुसमा मात्रै घूस रकमसहित तीन जना पक्राउ गरिएको बताए ।

पर्यटक टिकाउनै कठिन शिर्षकमा कान्तिपुरको प्रदेश १ पृष्ठमा समाचार छ ।

सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीमा रहेको बर्जुताल घुम्न पुग्ने भारतीय तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तर पूर्वाधारको अभावमा पर्यटकलाई पुग्नै समस्या हुने गरेको छ ।

धुलाम्य र हिलाम्य सडक छिचोल्दै विराटनगरबाट ९ किलोमिटर पश्चिममा रहेको बर्जु ताल पुग्नै कठिन छ ।

भारतको बिहार पुर्णीयाबाट बर्जु पुगेका रामेश्वर जयसवाल ठाउँ सुन्दर भएपनि होटल, लज र खाजा खाने ठाउँपनि नभएको देखेर चकित परे ।

उनले राति इटहरी वा पहाडी क्षेत्रतिर जाने बताए । बाल बगैंचा जाँदा र डुंगा चड्दा छुट्टै टिकट काट्नु परेको उनको गुनासो छ ।

Loading...