birat ribon

मैनावति स्टिल उद्योगले मजदूरलाई तलब नदिएको गुनासो

Neuro
मैनावति स्टिल उद्योगले मजदूरलाई तलब नदिएको गुनासो


विराटनगर २८ पुस । सुनसरीको दुहबी २ शुभद्रा चौकस्थित मैनावति स्टिल प्रालिले एक जना मजदूरलाई तलब र सेवा सुविधा नदिइ कामबाट निकालेको छ ।

उद्योगमा १४ वर्षदेखि कार्यरत सुपरभाइजर खुशियानन्द ढुङ्गेलले पाउनुपर्ने तलब र सेवा सुविधा विना कामबाट निकालेको सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बताए ।

cura insider

एक दशकदेखि काम गर्दै आएको दुहबी घर भएका ढुङगेललाई उद्योगका संचालक तीलकचन्द्र अग्रवालले २७ पुसमा तलब र सेवा सुविधा नदिइ अवकाश दिएको बताए ।

काम सुरू गरेदेखि पुस २०७५ सम्म सञ्चयकोष, उपदान, ग्रेड, बोनश र तलब गरि १० लाख ९७ हजार ४ सय ८१ रुपैयाँ कम्पनीबाट पाउनुपर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘पाउनुपर्ने तलब र सुविधा पनि नदिइ निकालेको छ ।’

उनले आफुले पाउनुपर्ने तलबसहित सेवा र सुविधाहरू दिलाइदिन आग्रह पनि गरे ।

काम गर्दै आएको उद्योगले कामबाट निकालेपछि ढुङ्गगेलले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय तलब र सेवासुविधा दिलाइ दिन उजुरी गरेका थिए ।

श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिृकत प्रेमप्रसाद सञ्जेलले ५ मंसिरमा ढुङगनाले पाउनुपर्ने सेवा सुविधा भराउन आदेश गरेको छ ।

विराटनगर श्रम कार्यालयले गरेको आदेश विपरीत मैनाबति स्टिल प्रालि श्रम अदालतमा पुनराबेदन गर्न गएको ढुङगेलको भनाइ छ ।

श्रमिक ढुङगेलका अनुसार आफु जस्तै अन्य ३० जना श्रमिकहरुले पनि तलब र सेवा सुविधा उद्योगले नदिएको बताए ।

उनीहरु पनि श्रम कार्यालयमा उजुरी हालेका छन् ।

यता श्रमिकलाई निकालेको विषयमा बिजुली र टेलिकमको पोल र पाइप उत्पादन गर्ने सो उद्योग संचालक तिलकचन्द्र अग्रवाललाई गरिएको बारम्बारको फोन उठेन् ।

jackson ribon