प्रदर्शनकारीलाई नमार्न इरानलाई ट्रम्पको चेतावनी

विराटनगर (एजेन्सी) २८ पुस । ठगेको भन्दै इरानमा सुरु भएको आन्दोलनकारीलाई नमार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

इरानले दुई दिन पहिले मिसाइल हमलामा यूक्रेनको यात्रुवाहक विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा १७६ जना यात्रुहरुको मृत्यु भएको छ । सुरुमा इरानले प्राविधिक समस्याको कारण विमान दुर्घटना भएको बताएको थियो ।

तर झुक्किएर यूक्रेनको यात्रुवाहक विमान उड्नसाथ प्रहार गरिएको मिसाइल लागेर विमान दुर्घटना भएको इरानले स्वीकार गरेको हो ।

इरानले यस्तो स्वीकार गरेपछि राजधानी तेहरान लगायतका सहरमा सरकारले झुठो बोलेको भन्दै प्रदर्शन सुरु भएको छ ।

प्रदर्शनको क्रममा इरानी सुरक्षा फौजले गोली चलाएको भन्दै डोनाल्ड ट्रम्पले ट्विट गर्दै चेतावनी दिएका हुन् ।

इरानलाई महान इरानी जनतालाई हत्या नगर्न चेतावनी राष्ट्रपति ट्रम्पले दिएका हुन् । उनले ट्विटमा इरानले हजारौँको हत्या गरिसकेको भन्दै यसलाई विश्वले हेरिरहेको उल्लेख गरेका छन् ।

उनले अझ महत्वपूर्ण रुपमा भने अमेरिकाले हेरिरहेको उल्लेख गरे ।

यता इरानले भने ट्रम्पले प्रदर्शनकारीको पक्षमा दिएको अभिव्यक्तिलाई ‘गोहीको आँशु’को संज्ञा दिएको छ ।

Loading...