चार फिल्म प्रदर्शन

विराटनगर, २८ पुस । विकल्प एन अल्टरनेटिभले आयोजना गरेको फिल्म निर्माण तालिममा सहभागीहरुले बनाएको छाेटाे चलचित्र प्रदर्शन गरिएको छ ।

विकल्पले एट्लस नेटवर्कको सहयोग र समृद्धि फाउन्डेसन,एकाउन्टिबिलिटी ल्याब र होटल नमस्कारको सहाकार्यमा ५ दिने फिल्म निर्माण तालिम सञ्चालन गरेकाे थियो ।

समसामयिक सार्वजनिक नीति, अर्थ राजनीति, व्यक्तिगत तथा आर्थिक स्वतन्त्रताका बिषयलाइ समेटेर बनाइएकाे ‘अमोक्ष’, ‘लाइसेन्स’,’बेवास्ता’, ‘३.२१’ प्रदर्शन गरिएको थियो ।

फिल्म निर्माण तालिममा सहभागीहरूले छाेटाे चलचित्र निर्माण गरेकाे विकल्पका निर्देशक बसन्त अधिकारी जनाकारी दिए ।

Loading...