मुशर्रफलाई मृत्युदण्ड सजाय गैरकानूनी भएको उच्च अदालतको ठहर, सजाय रद्द


लाहोर २८ पुस । पाकिस्तानको लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ विरुद्ध विशेष अदालतको फैसला उल्टाएको छ ।

उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय दिने विशेष अदालतको फैसला गैरकानूनी भएको बताएको हो ।

कोर्टको फुलबेञ्चले सोमबार मुशर्रफको याचिकामा सुनुवाइ गर्दै विशेष अदालतको फैसला गैरकानूनी भएको भन्दै मृत्युदण्डको सयाजबाद परवेजलाई मुक्ति दिएको हो ।

अदालतले फैसलामा विशेष अदालतको सबै कारवाही रद्द गरेको हो ।

एडिशनल अटर्नी जनरल इश्तियाक ए। खानले उच्च अदालतको फैसला अनुसार परवेजको सजाय पनि समाप्त भएको छ ।

१७ डिसेम्बरमा विशेष अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहीको मुद्दामा दोषी ठहर्याउदै पाकिस्तानको संविधान अनुसार मृत्युदण्डको फैसला सुनाएको थियो ।

उच्च अदालतको फैसलामा विशेष अदालतले कानूनी प्रकृया पुरा नगरी र उनीविरुद्ध मुद्दा दर्ता गर्नु पूर्व कुनै आधिकारी निकायको अनुमति नलिएको उल्लेख गरेको छ ।

Loading...