महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न

विराटनगर २८ पुस । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका महिला उद्यम समितिले महिला उद्यमीहरुको लागि ‘महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम’ आयोजना गरेको छ ।

एकदिने तालिम नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रालिको सहकार्यमा नेपाल मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका महिला उद्यम समितिहरुको संयुक्त प्रयासमा अन्तरक्रियात्मक तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।

अन्तरक्रियात्मक तालिम कार्यक्रममा महिला उद्यमशिलताको प्रर्वद्धन, विकास, महिला उद्यमीहरुलाई व्यवसाय संचालन गर्ने प्रारम्भीक प्रक्रिया लगायतका व्यवसायिक विषयमा अन्तर प्रेरणा प्रालिका प्र्रवन्ध निर्देशक निरज खनालले प्रस्तुति दिएका छन् ।

मोरंग व्यापार संघको महिला उद्यम विकास समितिकी कार्यवाहक संयोजक साधन झा र उद्योग संगठन मोरङको महिला उद्यम समितिकी संयोजक सन्तोष जैनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्कीले तालिमको उद्घाटन गरेकी थिइन् ।

Loading...