visit-nepal

दोस्रो प्रयासमा मनोरोगीको उद्दार, मानव सेवा आश्रम लगियाे

विराटनगर,२८ पुस । पुसको चिसो ठिहीमा सडकको पेटीमा कष्टकर गुजारा गरिरहेका अधबैशे पुरुषलाई देखेपछि विराटनगरका मनकारी युवाहरुले आढ्ने र एकसरो लगाउने लुगा सहयोग गरे ।

९ पुस राति कपडा प्रदान गर्दा शरीरको एक भाग नचल्ने अवस्थामा रहेको देखेपछि उद्दार गर्ने तयारी भयो ।

राति उद्दार गर्न समस्या हुनेभएपछि भोलीपल्ट बिहान उद्दार गर्न पेरिस सुवेदीसहितको युवाहरू तिनपैनी पुगे ।

तर ती पुरुषले पुरानो स्थान छाडिसकेका थिए ।

शारीरिक र मानसिक रुपमा अशक्त पुरुषको खोजीका लागि युवाहरु बजारमा खटिए । १५ दिनको प्रयासपछि बल्ल ती पुरुषको उद्दार भएको छ ।

तीनपैनी चोकबाट उद्दार गर्ने तयारी गर्दा अन्तै हिँडेका पुरुषको आइतबार महेन्द्र चोकबाट उद्दार गरिएको युवा अभियान्ता पेरिस सुवेदीले बताए ।

‘राति सडकमा कष्टकर रुपमा बसेकाहरुलाई कम्मल बाँड्दै गर्दा तीनपैनीमा ती पूरुषलाई भेटेका थियौं ।’

उनी भन्छन् ‘भोली पल्ट उद्दार गर्न खोज्दा भेटेनौं, आइतबार बल्ल उद्दार गरियो ।’

विराटनगर महानगरपालिकाको सहयोगमा उद्दार गरिएका पुरुषको कोशी अञ्चल अस्पतालमा उपचारपछि मानव सेवा आश्रममा पू¥याइएको सुवेदीले जानकारी दिए ।

अन्दाजी ३० वर्षका पूरुषको परिचय खुलेको छैन् । उनी धरानबाट डेढ वर्ष अघि विराटनगर आएको जानकारी पाएको सुवेदीले बताए ।

Loading...