birat ribon

विराटनगरको बजारमा माघे संक्रान्तिको चहलपहल (फोटो फिचर)

Neuro
विराटनगरको बजारमा माघे संक्रान्तिको चहलपहल (फोटो फिचर)

विराटनगर २८ पुस । माघे संक्रान्तिसँगै विराटनगरको बजारमा ग्राहकहरुको चहलपहल बढ्न थालेको छ ।

माघ १ गते मनाइने माघे संक्रान्तिको तयारीका लागि तरुल, सख्खर, तिल तथा सखरखण्ड खरिद गर्नेको संख्यामा वृद्धि भएको हो ।

cura insider

विशेषतः यस पर्वमा तरुल, तिल तथा भुजाको लण्डु लगायत विभिन्न परिकार बनाई खाने गरिन्छ ।

ज्योतिष शास्त्रानुसार सौर्यमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिन्छ ।

सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

शब्द/ तस्वीर : सुरेन्द्र मल्ल

jackson ribon