फिलिपिन्समा टाल ज्वालामुखीको त्रास, ४ लाख जना बढीलाई सारिदै

मनिला २८ पुस । फिलिपिन्समा सक्रिय टाल ज्वालामुखीबाट लाभा निस्कन थालेपछि चाँडै विस्फोट हुने भन्दै आठ हजार जनालाई सुरक्षित स्थान सारिएको छ ।

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल क्षेत्रमा ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको छ।

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि झन्डै ८ हजार जनालाई सारिएको सरकारी अधिकारीहरुले बताए ।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो ।

एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतमा विगत ४५० वर्षमा ३४ पटक विस्फोटन भएको अभिलेख छ।

अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि जारी गरिएको छ ।

ज्वालामुखी विस्फोटको संघारमा पुगेपछि सरकारले जोखिममा रहेका ४ लाख ५० हजार मानिसलाई स्थान्तरण गर्ने भएको छ।

Loading...