birat ribon

प्रधानसेनापति थापा र बंगलादेशी राष्ट्रपतिबीच भेटवार्ता

Neuro
प्रधानसेनापति थापा र बंगलादेशी राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं २८ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बंगलादेशको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापाले सोमबार हमिदसँग भेट गरेका हुन् ।

cura insider

बंगलादेश भ्रमणमा रहेका थापाले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा भाग लिएका छन् । भ्रमणका क्रममा उनले शिख अनिर्वानमा रहेको वीर सैनिक स्मारकमा माल्यार्पण गरे ।

उनको स्वागतमा सेनाकुञ्जमा सम्मान गारतको आयोजना गरिएको थियो । थापाले सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए।

बंगलादेशका सेना प्रमुखको निमन्त्रणमा चार दिने भ्रमणमा रहेका थापा माघ १ गते काठमाडौं फर्कने छन् ।

jackson ribon