birat ribon

जनताविरुद्ध हुने द्वन्द्वलाई पन्पिन दिनुहुँदैन : मन्त्री कार्की

Neuro
जनताविरुद्ध हुने द्वन्द्वलाई पन्पिन दिनुहुँदैन :  मन्त्री कार्की

विराटनगर २८ पुस । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताविरुद्ध हुने सशस्त्र युद्धलाई कुनै हालतमा पनि पन्पिन दिन नहुने बताएका छन ।

संघीय कानुन मन्त्रालयले बेपत्ता नागरिक खोजविन र सत्यनिरुपण आयोगको ऐन संशोधनका लागि सरोकारवालाहरुसँग सुझाव संकलन गर्न सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले राजनैतिक अधिकारका लागि भएको द्वन्द्वले उपलव्धि हासिल गरिसकेकोले अब देशमा कुनैपनि हालतमा द्वन्द्वलाई पन्पिन दिनुहुँदैन भने ।

cura insider

उनले भने, –‘केहीले फेरि देशलाई जबरजस्ती युद्धमा लग्न खोजिरहेका छन् तर युद्ध भएमा त्यो जनताको विरुद्ध हुनेछ ।’

देशमा अब राजनैतिक बैरी नभएकोले सशस्त्र युद्धको आवश्यकता नभएको मन्त्री कार्कीले बताए । उनले अब जबरजस्ती युद्ध भएमा त्यो व्यक्तिगत स्वार्थ र हतियारको कारोवारका लागि मात्र हुने बताए ।

मन्त्री कार्कीले लामो सशस्त्र जनयुद्ध र जनताको संयुक्त जनआन्दोलनपछि देशमा संघीय गणतन्त्र आएको र नयाँ संबिधान लेखिएकोले सबै सुखी नेपाली संवृद्ध नेपाल बनाउनका लागि एकजुट हुनुपर्ने बताए ।

मन्त्री कार्की द्वन्द्व छोटो भएपनि त्यसको असर बर्षौसम्म पर्ने भएकोले सशस्त्र द्वन्द्वमा १६ हजार जनाले ज्यान गुमाएको र २ हजार जना बेपत्ता हुनु परेको समस्या मुलुकले अझै भोगिरहनु परेको बताए ।

उनले बेपत्ता र द्वन्द्व पीडित परिवारको समस्या समाधानका लागि नै सरकारले सबैसँग सुझाव लिएर ऐन संशोधन गर्न लागेकोले शंका नगर्न द्वन्द्वपीडितहरुलाई आग्रह गरे ।

jackson ribon