birat ribon

अख्तियारले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझायो

Neuro
अख्तियारले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझायो

रंगेली २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर एक का प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) लाई २९औँ वार्षिक प्रतिवेदन आयोगकका सहसचिव रविलाल पन्थीले बुझाए ।

cura insider

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुखले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयत निकाय भएपनि आयोग भित्र पनि भ्रष्टचार हुने गरेको बताए ।

मुलुक भित्र भ्रष्टचारको सम्भावना भएका क्षेत्रमा पनि आयोगले अध्ययन गरेर हेर्नु पर्ने उनको भनाइ छ । उनले आयोग आफ्नो रणनितिक लक्ष्यमा पुग्न सक्नु पर्ने उनले बताए ।

आयोगमा २०७५/७६ मा १६ हजार ९ सय ९७ उजुरी परेका थिए । त्यसमा अघिल्लो आर्थिक वर्षवाट ७ हजार ८८ उजुरीको जिम्मेवारी सरेको थियो । आर्थिक वर्ष २०७५÷७६ को कुल उजुरी २४ हजार ८५ रहेको छ ।

यसै आर्थिक वर्षमा आयोगको इटहरी कार्यालयमा १६ सय ९३ उजुरी परेका छन् । कार्यालयमा ४ सय ३६ उजुरी भने अघिल्लो आर्थिक वर्षबाट सरेर आएका छन् ।

आयोगको इटहरी कार्यालयमा अहिले उजुरीको संख्या २१ सय २९ रहेका छ । आयोगको उजुरीमा इटहरी कार्यालयको उजुरीको हिस्सा ८ दशमलव ८४ प्रतिशत रहेको छ ।

आयोगमा परेका कुल २४ हजार ८५ उजुरी मध्ये १५ हजार ५ सय २७ उजुरी फरछ्यौट गरेको छ । बाँकी रहेका ८ हजार ५ सय ५८ उजुरी यस आर्थिक वर्षमा सरेर आएका छन् ।

यस वर्षका उजुरी मध्यै १ सय ७९ उजुरी फछ्यौट भइसेका छन् । फछ्यौट हुन बाँकी उजुरी ४ सय ४७ रहेका छन् ।

jackson ribon