visit-nepal

एभरेष्टको सिङ्गीङ– डान्सीङ आइडल सम्पन्न

विराटनगर २८ पुस । एभेरेष्ट एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेका सिङ्गीङ तथा डान्सिङ आइडल सम्पन्न भएको छ ।

प्रतियोगितामा गायनसिनियर तर्फ कक्षा ८ का उत्सव रायमाझी विजेता बने भने फष्ट रनरअप अस्विन थापा र सेकेन्ड रनरअप संस्कार थापा घोषित भए । यस्तै गायन जुनियर तर्फ श्रीदिमा प्रधान प्रथम भइन् भने फष्ट रनरअप आदित्य यादव र सेकेण्ड रनरअप रिद्दि पौडेल भए ।

यसैगरि नृत्य विधामा सिनियर तर्फ मानस्वी खनाल विजेता बनिन् भने फष्ट रनरअप पुर्णिमा पौडेल र सेकेण्ड रनरअप रेनिज राजवंशी घोषित भए । नृत्यको जनियर तर्फ श्रीदुलाखनालविजेताभइन् भने सारा उप्रेती फष्ट रनरअप र आयुष्मागिरि सेकेण्ड रनरअप घोषित भइन् ।

फाइनल समारोहमा विद्यार्थीहरुले सामुहिक नृत्य र जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ भन्ने सन्देश बोकेको हजुरवुवा नामक नाटक समेत मञ्चन गरे ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले फाइनल समारोहको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले बालबालिकामा अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बालबालिकालाई औपचारिक शिक्षासँगै सीप र प्रविधिलाई सँगै जोडेर शिक्षा दिन आवश्यक रहेको बताए ।

प्रतियोगितामा गायन विधामा सुरज बानिया र अनुपमा चौधरी र नृत्य विधामा मणि लिम्बु र निश्चल मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताको विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश नगद ५ हजार, ३ हजार, २ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

Loading...