birat ribon

च्यासल र एपीएफ बराबरीमा

Neuro
च्यासल र एपीएफ बराबरीमा

काठमाडौं, २८ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र विभागीय टिम एपीएफ क्लबले बराबरी खेलेका छन् । सोमबार भएको दोस्रो खेलमा च्यासल र एपीएफले गोलरहित बराबरी खेलेका हुन् ।

दशरथ रंगशालामा भएको सो खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो । यस बराबरीसँगै च्यासलले ६ खेलमा ६ अंक जोडेको छ । च्यासल लिगको दशौँ स्थानमा छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

cura insider
jackson ribon