birat ribon

स्वस्थ दूध पिउने बच्चाहरूमा मोटोपना हुँदैन

Neuro
स्वस्थ दूध पिउने बच्चाहरूमा मोटोपना हुँदैन

विराटनगर, २८ पुस । स्वस्थ दूध पिउने बच्चाहरू बोसोयुक्त वा चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा मोटोपनको सम्भावना कम हुने पत्ता लागेको छ । सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोले गरेको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दूध पिएका बच्चामा तौल बढ्ने सम्भावना कम हुने गरेको पाइएको हो ।

‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’ प्रकाशित भएको अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । अधिकांश क्यानडा र अमेरिकाका बालबालिकामा गरिएको अध्ययनले बालबालिकाको बढी तौल हुने कि नहुने भन्ने कुराको मुख्य कारक पत्ता लगाउनका लागि अनुसन्धान गरिएको डा.जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै रहेको बताएका छन् ।

cura insider

चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरूको तुलनामा स्वस्थ दूध पिउने बच्चाहरूमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययनले देखाएको छ । सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको हो र यसमा गाईको दूध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको हो ।

jackson ribon