visit-nepal

विराट सडक महोत्सवको तयारी पूरा, भीम पराजुलीले उद्घाटन गर्ने

विराटनगर, २८ पुस । विराटनगरमा १ माघबाट आयोजना हुने विराट सडक महोत्सवको तयारी पूरा भएको छ । ट्राफिक चोक–महेन्द्र चोक सडक खण्डमा १ माघदेखि आयोजना हुने महोत्सवको तयारी पूरा भएको हो ।

सडक महोत्सवमा विभिन्न परिकारका ५० वटा स्टलहरू राखिएको छ । आयोजक मञ्जिना मुभिज क्रिएशनका प्रवन्ध निर्देशक जतिन ताम्रकारका अनुसार ५० वटा स्टलसँगै ‘फूड ट्रक’ पनि महोत्सवमा राखिने छ ।

४ माघसम्म सञ्चालन हुने महोत्सवमा एक करोड कारोबार हुने अपेक्षा गरिएको उनले बताए । भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवमा सुगम पोखरेल, अनिल सिंह, अल्मोडा राना उप्रेती, प्रयत्न श्रेष्ठलगायत कालाकारहरूको प्रस्तुति रहनेछ ।

महोत्सवमा विभिन्न जातजातीको संस्कृति भल्काउने खानाका परिकारहरूसहित घरेलु उत्पादनका सामाग्रीहरू प्रदर्शनमा राखिनेछ । एकलाख बढी सर्वसाधरणले सहभागिता जनाउने अपेक्षा राखिएको महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्ने बताइएको छ ।

Loading...