birat ribon

छिटो र नचपाइ खाना खादा मधुमेहको जोखिम उच्च

Neuro
छिटो र नचपाइ खाना खादा मधुमेहको जोखिम उच्च

विराटनगर, २८ पुस । खानेकुरामा ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा सानै उमेरमा मधुमेहको रोग लाग्ने जोखिम बढ्दै आएको देखिन्छ । खानाले मानिसलाई दैनिक कार्य गर्ने ऊर्जा दिनुका साथै स्वास्थ्य राख्न पनि मद्दत गर्छ । खाना खाँदा धेरै चिजहरूको ख्याल राख्न आवश्यक हुन्छ । खानालाई मजाले चपाउने, बिस्तारै खाने तथा खाना खाने समयमा पानी पिउने कुरालाई विशेष ध्यान दिन आवश्यक हुन्छ ।

खानालाई नचपाई हतार हतार खाएमा स्वास्थमा धेरै नकारात्मक असर पर्नुका साथै शरीरको अनावश्यक तौल बढाउने काम गर्छ । विज्ञहरूकाअनुसार खानालाई कम्तिमा २० मिनेट लगाएर मजाले चपाएर खानु पर्छ । बर्मिंघम युनिभर्सिटीले गरेको एक अध्ययनले २० मिनेट लगाएर खाना खाँदा शरीरमा इन्सुलिनलाई प्रभावित गरेर टाइप टू डाइविटिज अर्थात् मधुमेह हुने खतरा बढ्दछ ।

cura insider

थोरै र उपयुक्त खाना खाने र खानालाई धेरै चपाउनु परेका कारण मानिसहरू खाना थप्दैनन् । विस्तारै र मजाले चपाएर खाना खायो भने सजिलै पच्ने र मानिसले सही र उचित मात्रामा खाना खाने गरेको पाइएको छ । विस्तारै खाना खाँदा मानिसको मेटाबोलिक सिन्ड्रोमको सक्रियतालाई बढाएर लामो समयसम्म भोकसमेत लाग्दैन ।

विस्तारै चपाएर खाने गर्दा मस्तिस्कलाई धेरै खाना खानु हुँदैन भनेर सूचना प्रवाह हुन्छ जसले गर्दा मानिसले कम खाने गर्छ र यसले तौललाई नियन्त्रण गर्न मद्दत गर्छ । छिटो छिटो मजाले नचपाई खानेकुराहरू खाँदा मस्तिस्कलाई जरुरी सन्देश नपुग्ने र शरीरलाई चाहिने हर्मोन्सहरू उत्पादन हुदैन र शरीरमा विभिन्न संक्रमणहरू बढ्न सक्छ । खानालाई राम्रोसँग नचपाउँदा खानाका कणहरू दाँतको बीचमा फस्नेगरका जसले स्वास गनाउने, दाँत बिगार्ने जस्तो समस्या आउने गर्दछ ।

jackson ribon