visit-nepal

१५ किलो तौल बढाउँदै कृति

विराटनगर, २८ पुस । बलिउडकी अभिनेत्री कृति सेनन अहिले कि चर्चित नायिका बन्न सफल भएकी छन् । उनी, अभिनित फिल्महरूले गतवर्ष राम्रो कमाइ गरेको छ । ठूला कलाकारहरूसँग राम्रो फिल्महरू खेल्न अवसर पाइरहेको बेलामा कृति अब नयाँ फिल्म ‘मीमी’मा अनुबन्धित भएकी छन् ।

फिल्मको मुख्य भूमिका निभाउनका लागि कृति अहिले निकै मिहिनेत पनि गरिरहेकी छन् । थुप्रै नायकले कथाकै मागअनुसार आफ्नो तौल बढाएको तथा घटाएको भनेर खबरहरू सार्वजनिक भइरहेका हुन्छन् । फिल्मको लागि कृतिले आफ्नो तौल १५ केजी बढाउनुपर्ने भएकोले अहिले उनी मेहेनत गरेर आफ्नो तौल बढाउँदै छिन् ।

कृति सधैँ नै फिट रहने नायिका भएका कारणले सरोगेसीको कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा तौल बढाएपछि कृति कस्ती देखिने हुन् भन्ने चासोको विषय बनेको छ । फिट रहेका कारण उनलाई तौल बढाउन पनि निकै मुस्किल देखिन्छ । तौल बढाउनु आफैँमा चुनौतीको विषय हो र यो आफ्नो शरीरका लागि पनि नयाँ रहेको कृतिले बताइन् ।

छोटो समयमा नै १५ केजी तौल बढाउनुपर्ने भए पनि यो चुनौती र परिवर्तनका लागि उत्साहित रहेको कृतिले फिल्मको भूमिका निकै महत्त्वपूर्ण भएका कारणले फिल्मलाई राम्रो बनाउन हरेक कुरा गर्न तयार रहेको जानकारी दिइन् ।

Loading...