birat ribon

भाल्भेर्डेलाई प्रतिबन्ध

Neuro
भाल्भेर्डेलाई प्रतिबन्ध

एजेन्सी २८ पुस । रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेलाई कम्तीमा एक खेलको प्रतिबन्ध हुन सक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । एथ्लेटिको मड्रिडविरुद्धको खेलमा ‘निर्णायक फल’ गरेका २१ वर्षीय भाल्भेर्डेमाथि रियलका आगामी खेलमध्ये एक खेलमा प्रतिबन्ध हुन सक्ने जनाइएको छ ।

sdaf

खेलको १ सय १५औं मिनेटमा रियलका स्टार भाल्भेर्डेले रातो कार्ड पाएका थिए । एथ्लेटिकोका अल्भारो मोरोटामाथि ट्याकल गरेका उनले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित बन्न पुगेको थियो । मोरोटाले बल अगाडि बढाउँदै गरेको अवस्थामा उनले ट्याकल गर्दै रियललाई सम्भावित हारबाट बचाएका थिए ।

cura insider

सोही ट्याकलका कारण उरुग्वेका भाल्भेर्डेमाथि प्रतिबन्ध हुन सक्ने जनाइएको छ । सुपर कपमा फल गरेता पनि उनीमाथि घरेलु लिग ला लिगाको एक खेलमा प्रतिबन्ध हुन सक्नेछ । यद्यपि, यस विषयमा आधिकारिक कुनै पनि जानकारी बाहिर आएको छैन । यदि, उनीमाथि प्रतिबन्ध लागेमा उनले आइतबार हुने सेभिल्लाविरुद्धको खेल गुमाउनेछन् ।

jackson ribon