birat ribon

गिजर प्रयोग गरेर नुहाउँदा सतर्कता अपनाउन आवश्यक, ज्यानसमेत जान सक्छ

Neuro
गिजर प्रयोग गरेर नुहाउँदा सतर्कता अपनाउन आवश्यक, ज्यानसमेत जान सक्छ

विराटनगर, २८ पुस । जाडोमा धेरैजसो मानिसहरू चिसो पानीमा नुहाउन नसक्ने भएका कारणले तातोपानी प्रयोग गर्ने गर्छन् । नुहाउनका लागि धेरै मात्रामा पानी चाहिने हुँदा ग्यासमा पटकपटक पानी तताउनुभन्दा पनि गिजर धेरैजसोको रोजाइमा पर्ने गर्छ ।

जाडो महिनामा गिजर सबैका लागि सहज, सुलभ र सस्तो भएका कारणले धेरैजसो मानिसहरूको घरको बाथरूममा पानी तताउनका लागि गिजर नै प्रयोग गर्ने गरेको पाइन्छ । तर, गिजरको प्रयोग सही तरीकाले गर्न नजान्दा धेरैको ज्यान जोखिममा पर्ने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

cura insider

गिजर प्रयोग गर्दा मानिसले राम्रोसँग साबधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसमेत समस्या आउने गर्छ । साधारणतया गिजरले उत्पादन गर्ने भनेको हानीकारक कार्बोन मोनोअक्साइड र नाइट्रोअक्साइड ग्यास हो । त्यही ग्यासबाट आउने फ्युल्सहरू टक्सिक हुन्छ जसले गर्दा मानिसको ज्यान पनि जान सक्छ ।

नेपालमा बाथरुम सानो वा साँघुरो ठाउँमा हुने गर्छ । त्यसमा पनि मानिसहरू नुहाउने समयमा भेन्टिलेसन बन्द गरेर नुहाउने गर्छन् । यसरी नुहाउँदा गिजरबाट उत्पादन भइरहेको कार्बोन डाइअक्साइड ग्यासको टक्सिक एकदमै चाँडो बढ्छ र ग्यासको मात्रा धेरै भएर नुहाउँदा नुहाउँदै मानिसहरूलाई चक्कर लाग्ने तथा बेहोस हुने हुन्छ ।

यस्तो बेलामा ढोका खोलेर बाहिर निस्कन सक्दैनन् । र यस्ता ग्यासले ३ देखि ५ मिनेटको भित्रनै मानिसको ज्यान लिन सक्छ । गिजरमा नुहाउँदा रोगी व्यक्तिलाई अप्ठ्यारो हुने नहुने भन्ने हुँदैन । जुनसुकै व्यक्तिलाई पनि यस्तो समस्या देखिन सक्छ । त्यसैले गिजरको प्रयोगमा सावधानी अपनाएर सबैभन्दा पहिला नुहाउने ठाउँ राम्रो भेन्टिलेटर भएको हुनुपर्छ र जतिसुकै बेलामा गिजरको प्रयोग भइरहेको छ भने भेन्टिलेटर खोल्नु आवश्यक हुन्छ ।

भेन्टिलेटरबाट सजिलैसँग हावा प्रवाह हुने हुँदा गिजरको हानीकारक ग्यास बाहिर निस्किन्छ र मानिस निसासिन पाउँदैन ।

jackson ribon